Kathmandu Press

चुनावमा प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउनुपर्छ : सभामुख सापकोटा

काठमाडौं, साउन १२ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दललाई...
चुनावमा प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउनुपर्छ : सभामुख सापकोटा

काठमाडौं, साउन १२ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । 

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा देशको बहुआयामिक विकासका लागि पनि दलहरूले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको चुनावमा महिलाको सहभागिता बढी भन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ । 

आज बिहीवार काठमाण्डौमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले मतदातामा दलगत मतदान गर्ने अरूचि देखापरेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरूले आउँदो चुनावमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीतर्फ महिलाहरूको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताए । 

सभामुख सापकोटाले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरूले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याए । त्यस अवसरमा सभामुख सापकोटाले नागरिकताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिलाई सचेत गराउनुभयो । 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता अधिक गराउन राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराईन् । 

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्