सन्दीपले वेस्टइन्डिजमा ‘द सिक्स्टी’ खेल्ने
काठमाडाैं, साउन १२ : नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीपल लामिछानेले वेस्टइन्डिजमा आयोजना हुने नायँ फर्म्याटको ‘द सिक्स्टी’ प्रतियोगिता खेल्ने भएका छन्। वेस्टइन्डिज क्रिकेट...
काठमाडाैं, साउन १२ : नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीपल लामिछानेले वेस्टइन्डिजमा आयोजना हुने नायँ फर्म्याटको ‘द सिक्स्टी’ प्रतियोगिता खेल्ने भएका छन्। वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता सन्दीपले जमैका तलावासबाट खेल्ने छन्।
जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम, अष्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् छन्। यस्तै, वेस्टइन्डिजकै रोमान पावेल, फावियन एलेन, ब्रान्डन किङलगायत खेलाडी छन्।
प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म आयोजना हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिला तर्फ ३ टिम सहभागी हुने छन्। ६० बलको प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ।
सन्दीपले जमैकाबाटै क्यारेबियन प्रिमियर लिग पनि खेल्ने छन्। सिपिएल अगस्ट ३० बाट सुरु हुनेछ।
प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











