खानेपानी तथा सरसफाइ विधेयक पारित
काठमाडाैं, साउन १२ : राष्ट्रियसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहति विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक...
काठमाडाैं, साउन १२ : राष्ट्रियसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ।
प्रतिनिधिसभाबाट सन्देशसहति विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बैठकमा प्रस्तुत गरेका थिए।
उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिएका थिए। सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिए।
उनले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वनय तथा दीगो विकास लक्ष्य पूरा गर्न सरकारले लिएको नीति र कार्यक्रम व्यवस्थापन र कार्यान्वयका लागि अति आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए।
राष्ट्रिय सभाको अर्को बैठक यही २३ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ।
प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











