नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु
लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ।
काठमाडौं, साउन १२ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्।
उनी नयाँ दिल्ली हुँदै बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ।
नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।
प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











