महिला प्रतिनिधित्वका लागि दलहरु पनि गम्भीर हुनुपर्छ : सभामुख सापकाेटा
काठमाडाैं, साउन १२ : सभामुख अग्नि सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरु पनि गम्भीर हुनुपर्ने बताएका छन्।संघीय संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना...
काठमाडाैं, साउन १२ : सभामुख अग्नि सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरु पनि गम्भीर हुनुपर्ने बताएका छन्।
संघीय संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक संघीय संसदका महिला सांसदहरुसंगको अन्तक्र्रिया कार्यक्रममा महिला प्रतिनिधित्वको बिषय राजनीतिक र कानूनी कुरा भएको भन्दै दलहरु पनि गम्भीर हुनुपर्ने बताएका हुन्।
उनले कानुनमा समावेश भएकै कारण मात्रै अनिवार्य महिला प्रतिनिधित्व गराउने प्रवृतिलाई पूर्ण रुपमा अन्त्य गर्नका लागि समाजमा रहेको पुरातनवादी दृष्टिकोणलाई बदल्नुपर्ने धारणा राखे। प्रत्यक्ष निर्वाचनमा महिलाहरुलाई सहभागी गराउन जोड दिने विषय बहुआयामिक भएको र यसका लागि पार्टीले नै जोडबल गर्नुपर्ने उनले बताए। उनले दलगत मतदानमा अरुची देखा पर्नु लोकतन्त्र र व्यवस्थाका लागि समस्या भएको धारणा राखे।
त्यस्तै उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनमा समानुपातिकका साथै प्रत्यक्षतर्फ महिलाको सहभागीता बढाउनका लागि बहस सुरु गर्न खोजिएको जानकारी दिइन्। संसदबाटै महिला प्रतिनिधित्वको संख्या बढाउन पहल सुरु गरिएको उनको भनाइ छ।
त्यस्तै पूर्वसभामुख ओनसरी घर्तीले आरक्षण मात्रै नभएर प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागीता बढाउनुपर्नेमा जोड दिइन्।











