देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्नुहाेस् : नेपाल
काठमाडाैं, साउन १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न निर्देशन दिएका छन्।पार्टी स्कुल...
काठमाडाैं, साउन १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न निर्देशन दिएका छन्।
पार्टी स्कुल बिभागले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफैबाट रुपान्तरणको सुरुवात गर्दै देश र समाज परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।
सिद्धान्त र व्यवहारकोबीचमा खाडल नराखि इमान्दारीतापूर्वक देश र जनताप्रति समर्पित हुनुपर्ने उहाको भनाइ छ। अध्यक्ष नेपालले विगतमा भएका त्रुटिहरुलाई सच्चाई आफुसंग भएका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
पार्टीले अघि सारेका विचारहरुलाई स्थापीत गर्दै सबै प्रदेशमा स्कुल विभागहरु गठन गरिने उहाको भनाइ छ।
कार्यक्रममा स्कुल विभागको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











