काठमाडौं उपत्यकामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये २ सय ४४, ललितपुरमा ६४...
काठमाडौं, साउन १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये २ सय ४४, ललितपुरमा ६४ र भक्तपुरमा १६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ६ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार २ सय ९९, ललितपुरमा ४ सय ३९ र भक्तपुरमा ६८ रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ पुगेको छ।
प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











