थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु
हजार ५४१ पिसिआर परीक्षणबाट ५२४ र २ हजार ४८४ एन्टिजेन परीक्षणबाट १८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, साउन ११ : नेपालमा पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सो अवधिमा ५ हजार २५ नमुनाको परीक्षण गिरएको थियो।
जसमध्ये २ हजार ५४१ पिसिआर परीक्षणबाट ५२४ र २ हजार ४८४ एन्टिजेन परीक्षणबाट १८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१५ रहेको छ। त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ पुगेको छ।
४ हजार ८० जना होम आइसोलेसन र १५६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ३३ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











