Kathmandu Press

अन्तराष्ट्रिय कलाकार मञ्च जर्मनीको अध्यक्षमा डा. चुडाल

जर्मनी, मंसिर ६ : अन्तराष्ट्रिय कलाकार मञ्च जर्मनीले डा. सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत १७ नोभेम्बरमा सास....

अन्तराष्ट्रिय कलाकार मञ्च जर्मनीको अध्यक्षमा डा. चुडाल

जर्मनी, मंसिर ६ : अन्तराष्ट्रिय कलाकार मञ्च जर्मनीले डा. सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत १७ नोभेम्बरमा सास्कृतिक शहर ब्रेमेनमा भएको सम्पन्न पाँचौ अधिबेशनले आगामी २ बर्षको लागि डा. चुडालको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।  विदेशी भुमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला सस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली सस्कृति भुल्न नदिन अन्तराष्ट्रिय कलाकार मंचले विविध प्रकारमा कार्यक्रम अघि सार्ने नवनियुक्त अध्यक्ष डा चुडालले बताए ।

गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमामा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिगं शेर्पा चयन भएका छन् । नेपाल सहित विश्वका २९ देशमा विस्तार भएको अन्तराष्ट्रिय कलाकार मंचले आगामी बर्ष भित्र ४० देशमा शाखा विस्तार गर्ने लक्ष्य लिएको केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले बताए ।

मञ्चका निवर्तमान अध्यक्ष बेल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा कालकारहरु पार्वती गुरुङ्ग मलिसा गुरुङ्ग, डा प्रबिन प्रसाइ, बिकु अधिकारी, सरोज पन्त, छिरिगं शेर्पा लगायतको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो । 
 

प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्