Kathmandu Press

भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

काठमाडौं, साउन १२ : नेपालले भारतबाट जीटुजीमार्फत रासायनिक मल ल्याउने भएको छ । बुधबार नेपाल र भारतबीच जीटुजीमार्फत मल ल्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको...
भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

काठमाडौं, साउन १२ : नेपालले भारतबाट जीटुजीमार्फत रासायनिक मल ल्याउने भएको छ । बुधबार नेपाल र भारतबीच जीटुजीमार्फत मल ल्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

सम्झौतापत्रमा नेपालका तर्फबाट कृषि सामाग्री कम्पनीका कामु प्रबन्ध संचालक र भारतका तर्फबाट राष्ट्रिय केमिकल फर्टिलाइजल (आरसिएफ)का उच्च अधिकारीले हस्ताक्षर गरेका हुन्। 

सम्झौतामा पाँच वर्षका लागि झन्डै ९ लाख मेट्रिक टन मल ल्याउने सहमति भएको बताइएको छ। सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५÷०२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने छ। 

सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने बताइएको छ। ‘सम्झौता ढिलो भएका कारण दोस्रो वर्षअनुसार १ लाख १० हजार मेट्रिकटन युरिया र ६० हजार मेट्रिकटन डिएपी मल ल्याइने छ । 

सम्झौताअनुसार दोस्रो वर्ष (यो आर्थिक वर्ष) ६० हजार डिएपी, एक लाख १० हजार युरिया, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी मल ल्याइने छ। यस्तै चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार मेट्रिकटन डिएपी ल्याइने छ। पाँचौ वर्ष १ लाख २० हजार मेट्रिकटन युरिया, ९० हजार डिएपी मल ल्याइने छ।

पहिलो वर्षको बाँकी एक लाख मेट्रिकटन युरिया र ५० मेट्रिकटन युरिया मल ल्याइने कृषि सामग्री कम्पनीले जनाएको छ ।

नेपालले मल आवश्यकताका लागि गरेको आग्रहपछि भारतीय कम्पनीले ग्लोबल टेण्डर गरेर मल खरिद गर्ने र त्यसपछि नेपाललाई बिक्री गर्ने गरी दुई कम्पनी बीच सम्झौता भएको छ ।
 

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्