६० शाखा अधिकृतको एकैपटक सरुवा, काे कहाँ? (सूचीसहित)
काठमाडाैं, साउन १२ : सरकारले ६० जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ६० जना शाखा अधिकृतको सरुवा...
काठमाडाैं, साउन १२ : सरकारले ६० जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ६० जना शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरी सरुवा सूची आज (बिहीबार) सार्वजनिक गरेको हो।
‘२०७९ साउन ११ गतेको निर्णयानुसार सरुवा/पदस्थापन/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहको राजपत्रांकित तृतीय श्रेणीका अधिकृत कर्मचारीहरुको विवरण’ भन्दै मन्त्रालयले ६० जनाको नाम सार्वजनिक गरेको हो।
मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको हाे।
प्रकाशित मिति: १५:३० बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











