बन्चरेडाँडाका स्थानीयले भदौ १ देखि उपत्यकाको फोहोर फ्याँक्न नदिने
काठमाडौं, साउन १२ : सरकारले स्थानीयसँगको प्रतिबद्धता पूरा नगरेको भन्दै बन्चरेडाँडाका स्थानीयले भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न नदिने भएका छन्।आज (बिहीबार) रिपोर्टर्स...
काठमाडौं, साउन १२ : सरकारले स्थानीयसँगको प्रतिबद्धता पूरा नगरेको भन्दै बन्चरेडाँडाका स्थानीयले भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न नदिने भएका छन्।
आज (बिहीबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरूले साउन ३१ सम्म आफूहरूको माग पूरा नभए भदौ १ देखि सधैंका लागि फोहोर विसर्जन बन्द गर्ने घोषणा गरेका हुन्।
विभिन्न राजनीतिक दल तथा सरकारलाई फोहोर विसर्जन गर्न नदिने भनी जानकारी गराइसकेको बताउँदै बन्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप लगाए।
नेपाल सरकार र काठमाडौं महानगरपालिकाले १७ वर्षसम्म फोहोर व्यवस्थापन गर्ने काम तथा योजना अगाडि नबढाएको र फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं जनताको नरसंहार गरिरहेको आरोप उनले लगाए।
उनले मानवबस्तीरहित ल्यान्डफिल साइट वा फोहोरमैला प्रदूषणरहित मानवबस्तीमध्ये अब सरकारले एउटा मात्र छान्न सक्ने उनको भनानइ थियो।
फोहोर व्यवस्थापन गर्ने योजना अर्थात सिसडोलमा व्यवस्थापनका लागि बजेट नछुट्याएको आरोप लगाउँदै उनले गत जेठ २७ गते सहरी मन्त्रालयमा छलफल गरी समिति बनाई अनुसन्धान गरी तीन महिनामा प्रतिवेदन तयार गर्ने सहमति भए पनि हालसम्म सरकारले काम नगरेको र पटकपटक सहमति गर्ने तर काम नगर्ने प्रवृत्ति देखिएको हँदा फोहोरलाई ल्यान्डफिल साइड लैजान नदिने स्पष्ट पारे।
४० वर्षदेखि बागदरबारले धोका दिएको र सरकार मूकदर्शक बनेर हेरिरहेको आरोप स्थानइिले लगाए।











