Kathmandu Press

मुख्यमन्त्री भट्टद्वारा गेटा मेडिकल कलेज  अवलोकन

धनगढी, साउन १२ : धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज अवलोकन गरेका छन्। उनीसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालगायत सहभागी...
मुख्यमन्त्री भट्टद्वारा गेटा मेडिकल कलेज  अवलोकन

धनगढी, साउन १२ : धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज अवलोकन गरेका छन्। 

उनीसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालगायत सहभागी थिए।अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताएका त्यहाँका निर्देशक डा प्रमोद जोशीले जानकारी दिए। उनले भने, ‘मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा पनि हामीबीच कुरा भएको छ।’

त्यस्तै मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा  समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई  निर्देशन दिनुभएको जनाइएको छ।  

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्