Kathmandu Press

उपचार गर्न आएका बिरामीलाई फिर्ता नगर्न स्वास्थ्यमन्त्रीको आग्रह 

काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन्। वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा...
उपचार गर्न आएका बिरामीलाई फिर्ता नगर्न स्वास्थ्यमन्त्रीको आग्रह 

काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन्। 

वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताए। ‘सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?’, उनले भने, ‘वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ।’

उनले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राखे । उनले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताए। 

उनले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पु¥याएको योगदानको उच्च कदर गर्दैै भविष्यमा पनि अझ सशक्त ढङ्गले स्वास्थ्योपचारलगायतका सेवा पु¥याउनुपर्ने बताए। वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उनले आग्रह गरे। 

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्