Kathmandu Press

एक दिवसीय वरियतामा नेपालको स्थान यथावत्

काठमाडौं, साउन १२ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ।आइसिसीले सार्वजनिक गरेको नयाँ...
एक दिवसीय वरियतामा नेपालको स्थान यथावत्
फाइल तस्बिर

काठमाडौं, साउन १२ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो। अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो।

नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ। त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ। यसैगरी साउथ अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ। 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्