Kathmandu Press

उपत्यकाको फोहाेर बोकेका गाडी स्थानीयवासीले पुनः रोके

काठमाडौं, साउन १२ : काठमाडौं उपत्यकाबाट फोहाेर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन्। यसअघि फोहाेर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने...
उपत्यकाको फोहाेर बोकेका गाडी स्थानीयवासीले पुनः रोके

काठमाडौं, साउन १२ : काठमाडौं उपत्यकाबाट फोहाेर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन्। यसअघि फोहाेर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहाेर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो। 

सडक मर्मतको काम पूरा नगरी फोहाेर लान थालिएको र फोहाेर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहाेरको लेदो रहने भाडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहाेर व्यवस्थापनमा अवरोध गरेको धुनीबेंसी  नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।

कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहाेरका गाडी सिडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन्। आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहाेर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहाेरको व्यवस्थापन हुन नसकेको हो।

एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो। बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहाेर व्यवस्थापनको काम रोकिएको थियो। 

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहाेर निस्कने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्