Kathmandu Press

स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ– कांग्रेससहितको गठबन्धनबाट दायाँबायाँ गर्न हुँदैन

प्रचण्डले तत्काल एमालेसँग सहकार्य नगर्ने बताए।  
स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ– कांग्रेससहितको गठबन्धनबाट दायाँबायाँ गर्न हुँदैन
फाइल तस्बिर

काठमाडौं, साउन १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका छन्।

बिहीबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुसँग प्रचण्डले कांग्रेससहितको गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका हुन्।

बैठकमा स्थायी कमिटी सदस्यहरुले आगामी संघ र प्रदेशको निर्वाचनमा पार्टीको रणनीति, समाजवादी केन्द्र बनाउने विषय, एमालेसँगको सहकार्य आदिका बारेमा स्पष्ट धारणाको माग गरेका थिए । त्यसबारे ब्रिफिङ गर्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्य नगर्ने बताएका हुन् ।  

‘कांग्रेससँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न । एमालेसँग सहकार्य सम्भव छैन,’ एक स्थायी कमिटी सदस्यले प्रचण्डको भनाई उदृध गर्दै भने। 

उनले गठबन्धनभित्रकै वामपन्थी दलहरुबीच मोर्चा बनाएर जाने विषयमा छलफल चलाउन सकिने बताए । मोर्चा बनेपनि पार्टी एकता संयोजन समिति बन्नेबारे कुनैपनि विषय नटुंगिएको प्रचण्डले बताएका थिए। 

स्थायी कमिटीलाई पूर्णता दिने र पदाधिकारी चयनका विषयमा छलफल गर्न शुक्रबार पुन बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिएका छन्।


 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्