Kathmandu Press

सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडाैं, साउन १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।वीर अस्पतालको १३३औं वाषिकोत्सवका...
सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडाैं, साउन १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

वीर अस्पतालको १३३औं वाषिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको विषय भएको भन्दै सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका हुन्।

स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त रुपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाइ छ। उनले सस्तो सहज र गुणस्तरीय स्वास्थय सेवा आजको आवश्यकता भएको बताए। प्रधानमन्त्री देउवाले अनेक महामारीसंग जुध्न सक्नेगरी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे।  

भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले प्राथकितामा साथ अघि बढाउन पनि निर्देशन दिए।.

उनले गुणस्तरिय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको बीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिए। कार्यक्रममा कर्मचारी लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्म्मान गरिएको थियो। 

प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्