अभिनेत्री मिरुना मगर र पृथ्वीसिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा
काठमाडौं, साउन १२ : बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरेका छन् । फुर्वाले जिल्ला...
काठमाडौं, साउन १२ : बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरेका छन् । फुर्वाले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री मगर र ठकुरीविरुद्ध गालीबेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन्।
उनले अभिनेत्री मगर र प्राविधिक ठकुरीमाथि कारवाहीको माग गरेका छन् । मागी माग्न पटकपटक पहल गरेपनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न वाध्य भएको उजुरीमा उल्लेख छ ।
काठमाडौं जिल्ला अदालतले फुर्वाले दिएको मुद्दा दर्ता भएको जानकारी दिएको छ।
गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।
यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो ।











