अमेरिकी सहायक विदेशमन्त्री लु आज साँझ नेपाल आइपुग्ने
काठमाडाैं, साउन १२ : संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ।सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने नेपालस्थित अमेरिकी...
काठमाडाैं, साउन १२ : संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्।
सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनी दुई दिनसम्म नेपालमा रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने स्रोतले जनाएको छ।
सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ।
प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











