Kathmandu Press

हाइटेक युगमा क्रिकेटको अम्पायरलाई चुनौती

अष्ट्रेलियाका पूर्व अम्पायर साइमन टौफलले खेलको अनुगमनमा प्रविधिको प्रयोग हुन थालेदेखि क्रिकेट म्याचको अम्पायर गर्नु कठिन बन्दै गएको बताएका छन्। गल्तीहरू पत्ता लगाउन दर....

हाइटेक युगमा क्रिकेटको अम्पायरलाई चुनौती

अष्ट्रेलियाका पूर्व अम्पायर साइमन टौफलले खेलको अनुगमनमा प्रविधिको प्रयोग हुन थालेदेखि क्रिकेट म्याचको अम्पायर गर्नु कठिन बन्दै गएको बताएका छन्। गल्तीहरू पत्ता लगाउन दर्जनौं क्यामेरा र अन्य प्रविधि तयारी अवस्थामा हुन्छन्। यसले महत्त्वपूर्ण निर्णय गर्ने अधिकारीलाई दबाव सिर्जना गर्ने ४८ वर्षिय अष्ट्रेलियाली टौफेलले बताए।

“निश्चय पनि धेरै चुनौतीपूर्ण हुनसक्छ। सजिलो भए सबैले गर्थे। गल्तीबाट सिक्नु नै ठूलो कुरा हो,” टौफेलले भने। डिसिजन रिभ्यु सिस्टम प्रयोग गरेर खेलाडीहरूले अम्पायरको निर्णयलाई चुनौती दिन सक्छन्। प्रणाली अन्तर्गत “स्लोमोसन रिप्ले”, “बल ट्रयाकिङ” प्रविधि, “स्निकोमिटर” भनिने “अडियो सेन्सर” पर्दछन्। बलले ब्याटमा लाग्योलागेन भनेर थाहा पाउने “हटस्पट” प्रविधि पनि छ।

टेनिस, रग्बी र फुटबल लगायत अन्य खेलले पनि यसको अनुकरण गरेका छन्। खेलका अधिकारीमाथि सबैको आँखा हुन्छ र यो क्रम बढ्दो छ।

Hardik ivf

“ती ३० ओटा क्यामेरा,बल ट्रयाकर, स्निको, हटस्पट, कमेन्टरीमा बसेका तीन जना विज्ञसँग प्रतिस्पर्धा गर्दा कहिलेकाँही पर्फेक्सन दिन सकिदैन,” २९ वर्षकै उमेर पहिलो टेस्ट अम्पायर गरेका टौफैलले बताए। “तर यो जीवनको अंश हो। रोजेर फेडेर पनि हार्छन्। टाइगर वुड्सको निशाना पनि चुक्छ। यस्तो हुन्छ तर मुल्य चुकाएपछि त्यसबाट सिक्नुपर्छ र फाइदा पनि लिनुपर्छ।”

सटिकता र तन्दुरूस्तीका लागि परिचित टौफेलले सन् २०१२ मा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिदाँ क्रिकेटका खेलाडीबाट अत्यधिक सम्मान पाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसि० ले टौफेललाई सन् २००४ देखि २००८ सम्म पाँचोटा सिजनसम्म वर्षका उत्कृष्ट अम्पायर घोषणा गरेको थियो।

टौफेल ४१ वर्षको उमेरमा आइसिसिको अम्पायर पर्फमेन्स र प्रशिक्षण व्यवस्थापक बने। उनले हालै मात्र “फाइन्डिङ द ग्याप्स” नामक पुस्तक लेखेका छन्। “म मानिसहरूलाई प्रक्रियामा ध्यान केन्द्रित गर्न आग्रह गर्छु। अन्यले पछ्याएको नतिजालाई नपछ्याउनुहोस्। मानिसहरूले तपाईंको मुल्याङ्कन गर्छन् त्यसैले सक्दो प्रयास गर्नुपर्छ,” उनले बताए।

जुलाईमा भएको विश्वकपको फाइनलपछि टौफेल चर्चामा आए। अम्पायरको त्रुटिका कारण बेलायतलाई ६ नभएर५ रन दिनुपर्ने उनले औंल्याएका थिए। समग्र बाउन्डरीको आधारमा आयोजक देशले साँघुरो अन्तरले जितेको थियो। ५० ओभर र थप एउटा “सुपर ओभर” पछि न्यूजिल्यान्डसँग खेल बराबरीमा टुङ्गिएको थियो।

सन् २००९ मा उनी लाहोरमा थिए। श्रीलङ्काको टोली लक्षित गर्दै एउटा बसमा आक्रमण भएको थियो। उनी त्यहि बसमा थिए। यसले क्रिकेट जगत नै हल्लिएको थियो। आक्रमणपछि टुरमा रहेका टिम पाकिस्तानबाट टाढै बसे। उनी पाकिस्तानमा फेरि क्रिकेट मौलाओस् भन्ने चाहन्छन्। डिसेम्बरमा पाकिस्तानले श्रीलङ्काको दुई ओटा
टेस्टटुर गर्दैछ।

“परिवर्तन पक्कै हुन्छ। खराब कुरा नभएको कुनै देश नै छैन,” सिड्नीमा जन्मिएका टौफेल भन्छन्। “विश्वका अझ धेरै स्थानमा क्रिकेट फैलियोस् भन्ने चाहन्छु। पाकिस्तानको अनुभव दुखद रहे पनि त्यहाँ अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको हेर्न पाइयोस् भन्ने आशा गर्दछु।” क्रिकेटमा भएका अन्य नवीन विकाससँगै भारतले नयाँ प्रयोग गर्ने भएको छ। इन्डियन प्रिमियर लिग
९आइपिएल० मा बेग्लै “नोबल” अम्पायर राख्ने भएको छ। यो वर्षको ट्वेन्टीट्वेन्टी प्रतियोगितामा केहि विवादास्पद घटनापछि यस्तो निर्णय गरिएको हो।

टौफेलले खेलमा परीक्षणको पक्षमा रहे पनि हतार नगर्न सचेत गराएका छन्। “एकाध घटनाकै कारण भावनात्मक प्रतिक्रिया नदिन म प्रोत्साहन गर्दछु। हामीले गरेको परिवर्तनले खेलमा योगदान दिनुपर्छ।”

(स्पोर्ट २४ बाट अनवाद गरिएको हो)

प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्