चीनको वुहानमा लकडाउन घोषणा
काठमाडौं, साउन १२ : चीनको वुहानमा फेरि लकडाउन घोषणा भएको छ । कोरोना संक्रमण फैलन नदिनका लागि वुहानमा लकडाउन घोषणा हो । बीबीसीका अनुसार त्यहाँ...
काठमाडौं, साउन १२ : चीनको वुहानमा फेरि लकडाउन घोषणा भएको छ । कोरोना संक्रमण फैलन नदिनका लागि वुहानमा लकडाउन घोषणा हो ।
बीबीसीका अनुसार त्यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन घोषणा गरिएको हो।
चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो ।
अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











