Kathmandu Press

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी 

काठमाडौं, साउन १२ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजेदेखि बैठक सुरु भएको हो। बैठकमा...
पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी 

काठमाडौं, साउन १२ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजेदेखि बैठक सुरु भएको हो। 

बैठकमा पदाधिकारी चयन र स्थायी कमिटीलाई पूर्णता दिने विषयमा छलफल भइरहेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । त्यस्तै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको विषयमा पनि छलफल भएको बताइएको छ। 

यसअघिको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो । बैठकले पदाधिकारी चयनको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । 

सोही विषयमा छलफल गर्न प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टीभित्र संघीय निर्वाचन अगाडि नै पदाधिकारी चयन गरिसक्न प्रचण्डमाथि दबाब छ। 

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्