Kathmandu Press

लमजुङको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध

लमजुङ, साउन १२ : अविरल वर्षासँगै पहिरोले गएरातिदेखि डुम्रे-बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरोले सडक अवरुद्ध बनाएको...
लमजुङको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध

लमजुङ, साउन १२ : अविरल वर्षासँगै पहिरोले गएरातिदेखि डुम्रे-बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरोले सडक अवरुद्ध बनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रूपमा रहेको श्रीजंग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुंगासहितको लेदो आएर सडक अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उनले जानकारी दिए

बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरा खसिरहेको छ । गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो । 

त्यसपश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जंगल हुँदै वैकल्पिक सडक सञ्चालन हुँदै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिरोले  सडकसमेत बगाएको थियो। वैकल्पिक सडकसमेत सोही पहिराले पटक–पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् । 

बेँसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुलाई समस्या हुने गरेको छ। त्यस्तै, यो सडक प्रयोग गर्ने मनाङवासीसमेत समस्यामा परेका छन्। (रासस)

प्रकाशित मिति: ०८:५१ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्