ओली सरकार असफल : प्रवक्ता शर्मा
इनरुवा, मंसिर ५ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन्।
नेपाल प्रेस युनियन सुनसरीले ....

इनरुवा, मंसिर ५ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन्।
नेपाल प्रेस युनियन सुनसरीले धरान उपमहानगरपालिकामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर्तमान सरकार असफल भएको पुष्टि भएको बताए।
केपी ओली शर्माले असफल मन्त्री भन्दै मन्त्री हेरफेर गरेकाले यो कुराको पुष्टि भएको कांग्रेस प्रवक्ता शर्माको भनाइ थियो। उनले सरकारको कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै घोषणापत्र सार्वजनिक गरेको भन्दै उपनिर्वाचन सरकारको कामकाजको मूल्यांकन गर्ने अवसर भएको बताए।
प्रवक्ता शर्माले सुनसरीको धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेस तर्फका उम्मेदवार तिलक राइलाई मतदान गर्नका लागि आग्रह गरे।











