साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित
काठमाडौं, साउन १२ : साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराउँदै दोस्रो जित हासिल गरेको छ।गएराति भारतको भुवनेश्वरस्थित कालीङ्गा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध...
काठमाडौं, साउन १२ : साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराउँदै दोस्रो जित हासिल गरेको छ।
गएराति भारतको भुवनेश्वरस्थित कालीङ्गा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ३-० गोल अन्तरले जितेको हो। नेपालका लागि आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक-एक गोल गरे।
यो जितसँगै नेपालले ६ अङ्क जोडेको छ। यसअघि सोमबार मालदिभ्ससँग भएको खेलमा ४-० गोल अन्तरले जितेको थियो।
नेपालले अब अर्को खेल आइतबार भारतसँग र अन्तिम खेल मंगलबार बङ्लादेशसँग खेल्नेछ।
प्रतियोगितामा नेपालसँग भारत, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन्। शीर्षस्थानमा रहेको दुई टोली उपाधिका लागि फाइनल खेल्नेछ।
प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











