Kathmandu Press

बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १२ : मनसुनी वायुको प्रभावले आज पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार...
बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १२ : मनसुनी वायुको प्रभावले आज पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ। जसले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।

हाल बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको प्रक्षेपण गरेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०३ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्