Kathmandu Press

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

रसुवा, साउन १२ : जंगली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज...
जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

रसुवा, साउन १२ : जंगली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज फोजुका अनुसार जंगली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुधबार अपराह्न त्रिशुली अस्पताल लगिएको छ । 

उपचारका लागि अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको डाक्टर फोजुले बताए। (रासस)

प्रकाशित मिति: ०६:४९ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्