Kathmandu Press

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी

काठमाडौं, साउन ११ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर शुक्रबार बुझाउने तयारी गरेको समिति सभापति सुरेन्द्र अर्यालले बताए ।

उनले औपचारिक र अनौपचारिक रुपमा समितिले छानविनका बिषयमा छलफल गरेर समान धारणा बनाउने दावी गरे । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाई छ ।

सचिव अर्यालले बिहीबार साढे १२ बजे पुनः बैठक बस्ने जानकारी दिए । 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्