Kathmandu Press

देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमाैली, साउन ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटधामलाई धार्मिक पर्यटनको गन्तव्यवस्थल बनाउनुपर्ने बताएका छन।नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना...
देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमाैली, साउन ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटधामलाई धार्मिक पर्यटनको गन्तव्यवस्थल बनाउनुपर्ने बताएका छन।

नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देवघाटधामको विशिष्ट महत्व रहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रबिन्दुको रुपमा विकास गर्नुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले देवघाटधामको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे। देवघाटको समस्याका बारेमा हामी सबै अवगत रहेको भन्दै वरिष्ठ नेता पौडेलले यो क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए।

देश विकास मुख्य उद्देश्य राखी आफूले राजनीति सुरु गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, 'तनहुँमा मेरो नेतृत्वमा धेरै विकास योजना सुरु भएका छन्, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो। त्यसतर्फ म कटिबद्ध भएर लागेको छु।' उनले अधुरा योजनालाई पूरा गराउनेतर्फ मुख्य ध्यान रहेको बताए। बरिष्ठ नेता पौडेलले गठबन्धन गरेरै चुनावमा जाने बताए। गठबन्धन देशको आवश्यकता भएको उनको भनाइ थियो।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्