Kathmandu Press

भीम रावलको प्रश्न- पार्टीको पक्ष-विपक्ष राजनीति र मन्त्री चयनमा राष्ट्रपतिलाई किन संलग्न गराइयो?

काठमाडौं, मंसिर ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको पक्ष–व....

भीम रावलको प्रश्न- पार्टीको पक्ष-विपक्ष राजनीति र मन्त्री चयनमा राष्ट्रपतिलाई किन संलग्न गराइयो?
फाइल

काठमाडौं, मंसिर ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको पक्ष–विपक्ष राजनीति र मन्त्रीहरुको चयनमा संलग्न गराएको प्रति आपत्ति जनाएका छन्। 

मन्त्रिमण्डल पुनर्गठन गर्दा संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी राजनीति र मन्त्री चयनमा संलग्न रहेको देखिने कार्य गराइएको भन्दै आपत्ति जनाएका हुन्। सांसद रावलले मन्त्रिमण्डल पुनर्गठनका विषयमा चार गम्भीर प्रश्न पनि उठाएका छन्। 

रावलले मन्त्री हेरफेर गर्न सकिने कार्य भएपनि केही कुरा नेकपाका सच्चा र इमान्दार नेता कार्यकर्ताका लागि सोचनीय र गम्भीर रहेको बताएका छन्। 

ट्वीटरमा प्रश्न गर्दैै रावलले सोधेका छन्,‘ संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी ९पक्ष(विपक्ष०राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो?’

रावलले संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिष्ट पार्टीको उछितो काट्नेहरुलाई नै संघीय मामिला तथा सामान्य प्रशासन  र कानून, न्याय र संसदीय मामिला मन्त्रालय जस्ता मन्त्रालय सुम्पिनु के बाध्यता आइपर्‍यो भन्ने प्रश्न पनि गरेका छन्।

रावलले विगतमा कम्युनिष्ट पार्टी विरुद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई मन्त्री बनाउनुको औचित्य के हो? भन्ने प्रश्न पनि उठाएका छन्।  यस्तै, पूर्वगृहमन्त्री समेत रहेका रावलले मन्त्रिमण्डल पुनर्गठन गर्दा संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो तरु भन्ने प्रश्न पनि उठाएका छन्। 

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दा सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयेश त्रिपाठीलाई संघीय मामिला र उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए भने व्यापारिक पृष्ठभूमिका मोदी दुगडलाई राज्यमन्त्री नियुक्त गरेका थिए।  

हेर्नुस् रावलका ट्वीट : 

प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, मंसिर ५, २०७६