Kathmandu Press

स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ : स्वास्थ्य मन्त्री खापुङ

काठमाडाैं, साउन ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना...
स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ : स्वास्थ्य मन्त्री खापुङ

काठमाडाैं, साउन ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले  देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए। मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए।

सोही अवसरमा  स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए।

उनले संरचना परिवर्तन नगरी मुलुक नबन्ने भन्दै परिषद्को पनि संरचना परिवर्तन गर्नुपर्ने भनाइ राखे। परिषद् अध्यक्ष प्रा डा गेहनाथ वरालले परिषद्का नीतिगत र प्रक्रियागत कामलाई पूरा गर्नुपर्ने बताए। कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले परिषद्ले अहिलेसम्म गरेका कामको बारेमा मन्त्रीद्वयलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्