Kathmandu Press

नवनियुक्त पाँचजना राजदूतले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं, साउन ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँचजना राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आज (बुधबार) आयोजित एक...
नवनियुक्त पाँचजना राजदूतले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं, साउन ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँचजना राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।

राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आज (बुधबार) आयोजित एक समारोहबीच राजदूत डा. दुर्गाबहादुर सुवेदी (जापान)‚ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)‚ डा. शर्मिला पराजुली ढकाल (स्पेन)‚ मिलनराज तुलाधार (रुस) र प्रा.डा. रामस्वार्थ राय (डेनमार्क) ले शपथ लिएका थिए।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थित थियो।

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्