उपत्यकामा २४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, साउन ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये २ सय १८, ललितपुरमा १४...
काठमाडाैं, साउन ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये २ सय १८, ललितपुरमा १४ र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ३५ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार १ सय ५९, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा ७७ रहेको मन्त्रालयले जनाएको छ।
बुधबार देशभर ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २९ पुगेको छ।
प्रकाशित मिति: १७:४९ बजे, बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











