Kathmandu Press

‘एपिपीमा सहभागी हुन नसक्ने पत्र अमेरिकालाई नपठाएकोबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्छ’

काठमाडौं, साउन ११ : अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपाल सहभागी नहुने पत्र परराष्ट्र मन्त्रालयले अमेरिकालाई पठाउन ढिलाइ गरेको विषय पेचिलो बन्दै गइरहेको...
‘एपिपीमा सहभागी हुन नसक्ने पत्र अमेरिकालाई नपठाएकोबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्छ’

काठमाडौं, साउन ११ : अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपाल सहभागी नहुने पत्र परराष्ट्र मन्त्रालयले अमेरिकालाई पठाउन ढिलाइ गरेको विषय पेचिलो बन्दै गइरहेको छ।

यस विषयलाई लिएर अनेक टीकाटिप्पणी भइरहेका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि एसपिपीबारे छलफल भएको छ।

आज (बुधबार) बसेको समितिको बैठकमा पाँचदलीय गठबन्धनकै एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार एपिपीमा सरकार सहभागी हुन नसक्ने पत्र अमेरिकी सरकारलाई किन नपठाएको भनी परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका छन्। हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी डा. नारायण खड्काले समाल्दै आएका छन्। 

सरकारले एसपिपीमा सहभागी नहुने निर्णय गरिसकेको छ। उक्त निर्णयबारे परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने भनिएको थियो। गृहमन्त्री बालकृष्ण खाँणले सरकारको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको राष्ट्रियसभा बैठकमा जानकारी गराए पनि परराष्ट्र मन्त्रालयले भने उक्त पत्र अध्ययन भइरहेको भन्दै अहिलेसम्म नपठाएको बताइएको छ। 

नेता नेपालले यस विषयमा रक्षा मन्त्रालयका सचिवसँग पनि जवाफ माग्नुपर्ने बताएका छन्। अनुचित सर्त राखेको आर्थिक सहयोग मात्र नभएर कुनै सैन्य सहयोग लिनेबारे सोच्न पनि नसकिने उनको भनाइ थियो। अध्यक्ष नेपालले कुनै पनि देश आफ्नो सुरक्षा स्वार्थका लागि नेपाललाई प्रयोग गर्ने सोचबाट मुक्त हुनुपर्नेमा उनले जाेड दिए।

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्