Kathmandu Press

आफूले जस लिन गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको हाे : ओली

काठमाडाैं, साउन ११ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन्।बुधबार झापाको बिर्तामोडमा आयोजित...
आफूले जस लिन गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको हाे : ओली

काठमाडाैं, साउन ११ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन्।

बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त बिधेयक अहिले जस लिन नै गठबन्धन सरकारले ल्याएको बताएका हुन्।

पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ बिधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाइ छ।

त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उदेश्य एमालेलाई कमजोर पार्ने र सिद्धाउनेमा केन्द्रित रहेको तर्क गरे। गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयता समेत बदनाम भएको धारणा राखे।  

अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको जिकिर गरे। 

प्रकाशित मिति: १६:५० बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्