थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, एकजनाको मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ।
काठमाडौं, साउन ११ : नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा २ हजार ७ सय ७८ पिसिआर परीक्षणबाट ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणबाट १४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ। त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २९ पुगेको छ। तीमध्ये होम आइसोलेसनमा ३७९४ र संस्थागत आइसोलेसनमा १३५ जना रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३८ बजे, बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











