Kathmandu Press

एसइईको नतिजा सार्वजनिक 

बोर्डका अनुसार कुल ४ लाख ९५ हजार ७५१ परीक्षार्थीमध्य ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ
एसइईको नतिजा सार्वजनिक 

काठमाडौं, साउन ११ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । 

बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार कुल ४ लाख ९५ हजार ७५१ परीक्षार्थीमध्य ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ।

त्यस्तै ३.२ देखि ३.६ ल्याउने विद्यार्थी संख्या  ४१ हजार २७ जना रहेको बोर्डले जानकारी दिएको छ । कुल परीक्षार्थीको १४.१० प्रतिशत अर्थात् ६९ हजार ९०० विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन्। बोर्डका अनुसार २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थी संख्या ९० हजार ५५८ रहेको छ । यसपटक २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी छन् । बोर्डका अनुसार कुल परीक्षार्थीको २२.७४ प्रतिशत अर्थात १ लाख १२ हजार ७३३ परिक्षार्थीले सो जीपीए ल्याएका छन्। 

त्यस्तै १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख ५९४ रहेको छ । १.२ देखि १.६ ल्याउने विद्यार्थी संख्या ४४ हजार ५६८ अर्थात् ९ प्रतिशत छ। त्यसैगरी ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी संख्या ३ हजार २८० छ। परीक्षामा २२ हजार ६४० परीक्षार्थी अनुपस्थित रहेको बोर्डले जानकारी दिएको छ । 

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्