नारायणहिटीमा राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका गाडी अवलोकनका लागि खुला
काठमाडाैं, साउन ११ : नारायणहिटी दरबार संग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ।बुधबार नारायणहिटी...
काठमाडाैं, साउन ११ : नारायणहिटी दरबार संग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ।
बुधबार नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिले राजाहरुले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानले उक्त गाडी अवलोकनका लागि उद्घाटन गर्नुभयो। संग्रहालयमा स्वर्गीय राजा त्रिभुवनले प्रयोेग गरेको फोर्ड कम्पनी क्यानडाद्वारा निर्मित काठको क्यारियर भएको पिक अफ ट्रक राखिएको छ, उक्त ट्रक शिकारमा पनि प्रयोग हुने गरेको जानकारहरुले बताएका छन्।
त्यस्तै स्वर्गीय राजा त्रिभुवनले नै प्रयोेग गरेको फोर्ड कम्पनीद्वारा निर्मित फ्यामिली कार (बा.अ. २ ) पनि प्रदर्शनीमा राखिएको छ भने स्वर्गीय राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि प्रदर्शनीमा राखिएको छ, उक्त मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरुले बताएको संग्रहालयमा सूचना अधिकृत बद्धि गुरुङले जानकारी दिए।
तीनवटै गाडीहरुका भौतिक तथा यान्त्रिक अवस्था जिर्ण रहेकोमा भौतिक मर्मत तथा रंगरोगन गरि प्रदर्शनमा राखिएको संग्रहालयले जनाएको छ।











