Kathmandu Press

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ : नेता डा. कोइराला

काठमाडाैं, साउन ११ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको...
लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ : नेता डा. कोइराला

काठमाडाैं, साउन ११ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन्। 

नेपाल प्रेस युनियन पर्साद्वारा  आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र) ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न नहुने बताए।

उनले भने, 'सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ।'

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्