Kathmandu Press

महँगीविरुद्ध थाल ठटाउँदै राप्रपाकाे प्रदर्शन

काठमाडाैं, साउन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको संघर्षका कार्यक्रमअन्तर्गत महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन गरेको छ। दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले...
महँगीविरुद्ध थाल ठटाउँदै राप्रपाकाे प्रदर्शन

काठमाडाैं, साउन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको संघर्षका कार्यक्रमअन्तर्गत महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन गरेको छ। 

दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले बुधबार काठमाडौंको भृकुटीमण्डपका साथै सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो।

काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रदर्शन गरेका थिए।

दैनिक उपभोग्य बस्तु महँगो भएर जनजिवन नै प्रभावित भएको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउनेगरी थाल ठटाउदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ।

यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

महँगी नियन्त्रण गर्न नसकेको, बजेट हेरफेर गरेको लगाएतका बिषयमा राप्रपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। 

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्