Kathmandu Press

कालापानी क्षेत्र समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाउँदै नेविसंघ

काठमाडौं, मंसिर ५ : नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भू-भाग समेटेर ने....

कालापानी क्षेत्र समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाउँदै नेविसंघ

काठमाडौं, मंसिर ५ : नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भू-भाग समेटेर नेपालको नक्सा बनाउन सिकाउने अभियान सुरु गरेको छ।

‘चिनौँ सिमाना, जोगाउ माटो’ नाम दिइएको अभियान बिहीबारदेखि सुरु भएको हो। यो अभियान अन्तर्गत नेविसंघका नेताहरुले पहिलो दिन नेपालकै पहिलो विद्यालय दरबार हाइस्कूलका विद्यार्थीहरुलाई भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको इलाकालाई समेटेर नेपालको नक्सा तयार पार्न सिकाएका हुन्। 

नेविसंघ नेता नवराज त्रिपठीको संयोजकत्वमा सुरु भएको अभियान अन्तर्गत नेविसंघका नेताहरुले दरबार हाइस्कूलका माध्यमिक तहका विद्यार्थीहरुलाई अतिक्रमित कालापानीसहितको इलाका समेटेर नेपालको नक्सा तयार पार्न सिकाए थिए। नेविसंघ नेताहरु गोपी शिवाकोटी, रुपा पाखरेल, रमेश बास्ताकोटी, मनिष सिम्खडालगायतले विद्यार्थीहरुलाई नेपालको सीमानाबारे जानकारी दिँदै भारतले अतिक्रमण गरेको भू-भागबारे जानकारी दिएका दिए।

‘सरकारले विद्यार्थीहरुलाई नेपालको गलत नक्सा पढाइरहेको छ। कालापानीसहितको नक्सा अझैसम्म पनि सरकारले सार्वजनिक नगरेर भविष्यका कर्णधारहरुलाई नेपालको सीमानाबारे गलत जानकारी दिनु राष्ट्रघात हो। यो अभियान अन्तर्गत हामीले सरकारको गल्तीलाई सच्याउने प्रयत्न गरेका छौं। विद्यार्थीहरुलाई नेपालको सीमानाबारे सहि जानकारी दिने हाम्रो प्रयास हो’, त्रिपाठीले भने।

यो अभियान लिएर नेविसंघ देशभरका विद्यालयहरुमा पुग्ने उनले बताए। 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्