Kathmandu Press

नागरिक जति सुसुचित हुन्छन्, सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ : प्रधानमन्त्री 

बुधबार राष्ट्रिय समाचार समितिको नवनिर्मित भवनको उद्घाटन गर्दै नागरिकलाई शिक्षित र सुसुचित बनाउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। 
नागरिक जति सुसुचित हुन्छन्, सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ : प्रधानमन्त्री 

काठमाडौं, साउन ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक शिक्षित र सुसुचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताएका छन् । बुधबार राष्ट्रिय समाचार समितिको नवनिर्मित भवनको उद्घाटन गर्दै नागरिकलाई शिक्षित र सुसुचित बनाउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। 

प्रधानमन्त्री देउवाले जनतालाई सत्य तथ्य सूचना दिनका लागि स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको पनि बताए।  ‘नागरिक जति सुसुचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ। अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी छ,’ प्रधानमन्त्री देउवाले भने । 

उनले  सत्य तथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए । ‘तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रममात्र सिर्जना गर्दैन, यसले पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्छ,’ प्रधानमन्त्री देउवाले भने। 

प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए। 

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्