गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता
काठमाडौँ, साउन ११ : गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको...
काठमाडौँ, साउन ११ : गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने।
राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ । राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाणले भेट गरेका हुन्।
प्रकाशित मिति: ११:४९ बजे, बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











