‘वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ’
चितवन, साउन १० : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन।एमाले...
चितवन, साउन १० : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन।
एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सङ्घ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे। उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गरे।
पार्टीले देशव्यापीरुपमा सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै गाँउगाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित मिति: १९:२० बजे, मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











