Kathmandu Press

२२४ जिल्ला न्यायाधीशको सरुवा 

काठमाडौं, साउन १० : न्यायपरिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ।मंगलबार बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका...
२२४ जिल्ला न्यायाधीशको सरुवा 

काठमाडौं, साउन १० : न्यायपरिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरुको सरुवा गरेको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरुको सरुवा गरेको हो।

त्यस्तै परिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन आव्हान गरेकोमा ६३ जनालाई प्रारम्भिक छनोट पनि गरेको छ। २०० जनाले दिएको आवेदनमा उनीहरुलाई छनोट गरिएको हो।

त्यस्तै परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्