Kathmandu Press

प्रांकको नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युट्युबर पक्राउ 

काठमाडौं, साउन १०  : प्रांक भिडियोको नाममा महिलामाथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी...
प्रांकको नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युट्युबर पक्राउ 

काठमाडौं, साउन १०  : प्रांक भिडियोको नाममा महिलामाथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ परेका छन् । 

बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलासँग पैसा, गरगहना माग्ने र 'नदिए एसिड हान्छु' भनी  समाजमा नकारात्मक सन्देश  फैलाएको आरोपमा नवलपरासी साबिक देउरालदी गाबिस–४ घर भई हाल नवलपरासी हुप्सेकोट गाउँपालिका–३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका हुन्।

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताए ।

उनका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्