Kathmandu Press

स्थानीय तह चुनावमा निर्वाचन आयोगको खर्च ५ अर्ब ४ करोड (विवरणसहित) 

आयोगले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनका लागि सरकारबाट ८ अर्ब ११ करोड निकासा भएको थियो । त्यसमा आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ ।
स्थानीय तह चुनावमा निर्वाचन आयोगको खर्च ५ अर्ब ४ करोड (विवरणसहित) 

काठमाडौं, साउन १० : निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तह निर्वाचनमा  ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रूपैयाँ खर्च भएको जानकारी दिएको हो। 

यसमा निर्वाचनको सुरक्षासम्बन्धी खर्च विवरण समावेश नगरिएको आयोगले जानकारी दिएको छ।   आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनका लागि सरकारबाट ८ अर्ब ११ करोड निकासा भएको थियो । त्यसमा आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ । 

त्यस्तै ७५३ वटै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको ब्यहोरा उल्लेख छ । ७७ वटा जिल्ला निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख ७ हजार १३० रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । 

यसैगरी गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानीमा ४ करोेड ५० लाख खर्च भएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत १ करोड ४५ लाख गरी कुल ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको आयोगले जानकारी दिएको छ। 

०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा आयोगले सात अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।

 

प्रकाशित मिति: १८:३३ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्