Kathmandu Press

एनसेल लाभकर विवाद: सर्वोच्चको फैसलाले एनसेललाई १८ अर्ब रुपैयाँ फाइदा

काठमाडौं, मंसिर ५ : सर्वोच्च अदालतले टेलिकम्युनिकेसन कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ लाभकर तिरे पुग्ने निर्णय सुनाएको छ। सर्वोच्चको यो ....

एनसेल लाभकर विवाद: सर्वोच्चको फैसलाले एनसेललाई १८ अर्ब रुपैयाँ फाइदा

काठमाडौं, मंसिर ५ : सर्वोच्च अदालतले टेलिकम्युनिकेसन कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ लाभकर तिरे पुग्ने निर्णय सुनाएको छ। सर्वोच्चको यो फैसलाले एनसेललाई झण्डै १८ अर्ब रुपैयाँ फाइदा भएको छ।

एनसेल ठूला करदाता कार्यालयले निर्धारण गरेको लाभकर विरुद्ध सर्वोच्च पुगेको थियो। एनसेलले दायर गरेको रिट निवेदनको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले अब २१ अर्ब १० करोड रुपैयाँ लाभकर तिर्नु पर्ने राय दिएको हो। यद्यपि कर बुझाउने दिनसम्मको भने ब्याज जोडिने छ। 

एनसेलले सरकारलाई यसअघि झण्डै २३ अर्ब रुपैयाँ लाभकर तिरिसकेको छ। ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ लाभकर तिर्नु पर्ने तोकिदिएको थियो। 

फैसलाको पूर्णपाठमा पाँच न्यायाधीशमध्ये न्यायाधीश सुष्मालता माथेमाले फरक मत राखेकी छन्।  यसअघि टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभ कर एनसेलले नै तिर्नुपर्ने भनेपछि ठूला करदाता कार्यालयले ६० अर्ब ७१ करोड कर निर्धारण गरेको थियो।

एनसेलले पहिले पनि केही रकम तिरिसकेकोले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठूला करदाता कार्यालयको ठहर थियो।
तर एनसेलले आफूले त्यति धेरै कर तिर्नु नपर्ने दाबी गर्दै सर्वोच्चमा रिट दिएको थियो। 

हेर्नुस् फैसलाको पूर्णपाठ: 

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, मंसिर ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्