Kathmandu Press

सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति तोक्ने आयोगको दाबी 

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको र  आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्था अनुसार सरकारले मिति तोक्ने बताए ।
सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति तोक्ने आयोगको दाबी 

काठमाडौं, साउन १० : निर्वाचन आयोगले सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दाबी गरेको छ ।

मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब बस्ने मन्त्रिपरिषद बैठकले सो मिति तोकेमा आश्चर्य नमान्न आग्रह गरेका हुन् । 

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको र  आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्था अनुसार सरकारले मिति तोक्ने बताए । ‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन।’ 

आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर उक्त दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो।

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्